Model Question Paper Nepali


Model Question Paper Nepali

अनिवार्य नेपाली

परीक्षार्थीले दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुपर्ने छ ।

 १.     तल समूह ‘क’ मा दिइएका शब्दहरूको अर्थ समूह ‘ख’बाट पहिचान गरी उत्तर पुस्तिकामा लेख्नुहोस्   (३)

समूह ‘क’                     समूह ‘ख’              
माथ                                   आकृति
अशेष                                ढाड पछाडिको भाग
ज्यामी                                शिर
भूक्षय                                 सबै   
हुलिया                            मजदुर
पिठिउँ                              जमिन भासिने वा बग्ने काम
                                        

 २.     कोष्ठकबाट मिल्ने शब्द चयन गरी खाली ठाउँमा लेख्नुहोस्   (३)

                क)  ‘प्रतिष्ठा’ को अर्थ...............  होइन । (इज्जत, बेइज्जत, सम्मान)
                ख)     ‘...............’ को अर्थ हेराइ हो ।          (दृष्टि, वृष्टि, सृष्टि)
                ग)     ‘सुगम’ शब्दको विपरीतार्थी शब्द ..........हो । (अगम, दुर्गम, लगाम)
                घ)     दाँत नभएकालाई.............. भनिन्छ ।      (भुत्ते, थोते, खोते)
                ङ)     ‘जिल्ला’ को .................. शब्द ‘कास्की’ हो । (समावेश्य, समावेशक, पर्यायवाची)
                च)     ‘अर्थ’को अनेकार्थक शब्द............ होइन । ( अभिप्राय, अनर्थ, धन)

 ३.     अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्    (४)

                क)     अन्तरिक्ष  ख)  छक्क    ग)  बेचैन   घ) आपूm भलो त जगत् भलो

४.     क)  शुद्ध पारेर सार्नुहोस्   (२)

                                तपाईं बिराजकी आमा हुनु हुन्छ ? आमालाई देख्नासाथ उसले आत्तिएझैँ गरि सोध्यो ।

                 ख)     तलका शब्द समूहबाट शुद्ध शब्द छानी उत्तर पुस्तिकामा लेख्नुहोस्   (२)

                                अ)     अवसेश, अवशेष, अबशेष, अवसेस
                                आ)    सञ्चय, सन्चय, शञ्चय, सञ्चए
                                इ)     बिकृति, विक्रिति, विकृती, विकृति
                                ई)     संलग्न, सँलग्न, सन्लग्न, सङ्लग्न

५.     रेखाङ्कित शब्दहरूको शब्दवर्ग ठम्याई  लेख्नुहोस्   (३)

क)  किताबी ज्ञानभन्दा प्रत्यक्ष अवलोकनबाट प्राप्त ज्ञानले हामी हाम्रो जीवन सहज तरिकाले अघि बढाउन सक्छौँ ।

ख)     रेखाङ्कित पदहरूको कारक तथा विभक्ति छुट्याएर चिनाउनु होस्   (१)
                गोठालाले भैँसीलाई लठ्ठीले पिट्यो ।

६.     कोष्ठकमा दिइएको धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्   (३)

                क)     शेर्पाहरू हिमाल ................... । (चढ्   अपूर्ण वर्तमान)
                ख)     उनीहरूले रुख  ..................... । (ढाल्   अज्ञात भूत)
                ग)     तिमी काठमाडौँ  ......................... ।  (जा   पूर्ण वर्तमान)
                  घ)     तपाईंहरू कुर्सीमा  ................... । (बस्   अभ्यस्त भूत)
                  ङ)     उनी (स्त्री) पानी  ...................  । (पिउ   सामान्य भविष्यत् )
                  च)     उनीहरू बिरुवा .................... । (रोप्   इच्छार्थक)

७.     कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्   (४)

                क) तिमी भोलि नै घर जान्छौ ?       (भाववाच्य)
                ख) म उसलाई मन पराउँछु ।      (अकरण)
                ग) गायकले मिठो गीत गाउँछन् । (स्त्रीलिङ्ग)
                घ) मजदुरहरूले हड्ताल गरे ।      (बहु वचन)

८.     अपूर्ण वर्तमान कालका क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो कक्षा कोठाको वर्णन गर्नुहोस्   (४) ९.     तल दिइएको अनुच्छेद राम्ररी पढी सोधिएका प्रश्नहरूको छोटो छरितो उत्तर लेख्नुहोस्   (५)


तपाईंको यो निर्णय हामी कसैलाई पनि मन परेको छैन । काम र मामका लागि विदेशमै बस्नु पर्छ भन्ने केही छैन । यही देशमा बसेर पनि धेरैले धन र सम्मान कमाएका छन् । तपाइँसँगै पढेकी सुम्निमा दिदी आफ्नै गाउँको विद्यालयमा प्रधानाध्यापक भएर शिक्षाको उज्याले छर्दै हुनु हुन्छ । त्यस्तै तपाईंकै साथी       गोविन्द, डोल्मा, मनोज र आर्य पनि आफ्नै गाउँमा पौरख गरेर बाँच्नु भएको छ । उहाँहरूले अधुनिक ढङ्गले फलफुल र तरकारी खेती गरेर धन कमाउनु भएको छ । कमल दाइले गाउँमै कफी उद्योग खोल्नु भएको छ । अहिले त सरकारले पनि बेरोजगार युवाहरूलाई लक्षित गरेर स्वरोजगार कार्यक्रम ल्याएको छ । मौरी पालन र फलफुल खेतीबाट धेरै युवा  युवतीहरूले राम्रो आम्दानी गरेका छन् । सरकारले पनि स्वदेशमै बसेर केही गर्न चाहने युवा युवतीहरूलाई सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाएको छ ।

                प्रश्नहरू  
                क)     कुन निर्णय कसैलाई पनि मन परेको छैन ?
                ख)     विदेशमा नबसे पनि पाइने कुरा के हो ?
                ग)     आफ्नै गाउँमै बसेर धन र नाम कस कसले कमाएका छन् ?
                घ)     सरकारले सस्तो व्याजमा ऋण दिने निर्णय किन गरेको होला ?
                ङ)     ‘स्वरोजगार’  र ‘पौरख’ शब्दको अर्थ लेख्नु होस् ।

१०.    तल दिइएको अनुच्छेद पढेर ४ वटा बुँदा टिपोट गरी सारांश लेख्नु होस्   (२+३=५)


आजको मानव हत्या, हिंसा, भय र आतङ्कले त्रसित छ । आधुनिक विज्ञानले आविष्कार गरेका हात हतियारका कारण मानवको जीवन सङ्कटमा परेको छ । साँझ खाना खाएर सुतको मानिस भोलि बिहानको सूर्योदय हेर्न पाइन्छ कि पाइँदैन भने सशङ्कित रहन्छ । हरेक दिन कहीँ न कहीँ गोली चलेको, बम वर्षा भएको खबर सुन्नुपरेको छ । पहिलो विश्वयुध्द र दोस्रो विश्वयुध्दले संसारमा नरसंहार मच्चाइ सकेका छन् । दोस्रो विश्वयुध्दमा अमेरिकाले छाडेका परमाणु बमले जापानका सुन्दर सहर हिरोसिमा र नागासाकी ध्वस्त भए । लाखौँ मानिसले अनाहकमा ज्यान गुमाए । त्यस कहाली लाग्दो आक्रमणमा युद्धको घाउ बोकेर बाँचेका व्यक्तिहरूका सन्ततिहरू अहिलेसम्म पनि पीडाले छटपटाइरहेका छन् ।

११.    आफ्नो विद्यालयले मनाएको स्वर्ण जयन्ती महोत्सवका बारेमा प्रकाश पारी जनप्रिय उ.मा. वि.भरतपुरमा कक्षा ८ मा अध्ययनरत आफ्ना साथीलाई  चिठी लेख्नुहोस्   (४)
                                अथवा
फेसबुकको उपयोगिता’ शीर्षकमा दुई साथीहरू बिच भएको रमाइलो संवाद लेख्नुहोस् ।

 १२.    तल दिइएका मध्ये कुनै एकको व्याख्या गर्नुहोस्   (४)

                (क)    मन्दिर, गुम्बा, मस्जिद, चर्च, सबैमा छरिन्छु ।
                                पोल्टामा दिन्छन् सबैले माया, यत्तिकै भरिन्छु ।।
                ख)     प्रकृति, वातावरण र मानिसको अन्योन्याश्रित सम्बन्धलाई बचाई राख्नु पर्छ ।

 १३.    तल दिइएका प्रश्नहरूमध्ये कुनै २ वटाको उत्तर लेख्नुहोस्   (४×२=८)

                क)     हर्क गुरुङको जीवनीबाट कस्तो प्रेरणा लिन सकिन्छ ?
                ख)     मानिसका कस्ता क्रियाकलापले गर्दा वातावरण प्रतिकूल हुदै गएको छ ?
                ग)     ‘हामी एउटै हौँ’ एकाङ्कीको मुख्य सन्देश के हो, लेख्नुहोस् ।
                घ)     चित्रकलाको विकासमा ग्रन्थचित्रको के कस्तो भूमिका रहेको छ ? स्पष्ट पार्नुहोस् ।

१४.    ‘ठग समातियो’ भन्ने कथाको एउटा पात्र विक्रमको ठाउँमा तपाईं आपूm भएको भए ठग केटालाई पक्राउन कस्तो  भूमिका खेल्नु हुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् । (४)

 १५.    कुनै एक प्रश्नको विवेचनात्मक उत्तर लेख्नुहोस्   (८)

                क)     देव कुमारी थापाले नेपाली शिक्षा, स्वास्थ्य र साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नु होस् ।
                ख)     ‘एउटा घटना’ कथामा अहिलेका विद्यालय स्तरको विद्यार्थीहरूको कस्तो मनोविज्ञानको विश्लेषण गर्न खोजिएको छ, वर्णन गर्नु होस् ।

१६.    तलका मध्ये कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस्   (८)                  

                क)     टेलिभिजन
                ख)     चित्रकला
                ग)     मेरो जीवनको लक्ष्य


Post a Comment

0 Comments